सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • वासिङ मेसिनमा परेर एक महिलाको मृत्यु
भर्खरै

वासिङ मेसिनमा परेर एक महिलाको मृत्यु

  • सिधा दृष्टी आइतवार, फाल्गुन २, २०७७ | February 14, 2021

भक्तपुरको सूर्यविनायक नगरपालिका ५ कटुञ्जेस्थित चुनदेवीमा रहेको लाइभ स्टार कपडा वासिङ सेन्टरको वासिङ मेसिनमा परी एक महिला मजदुरको मृत्यु भएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार दोलखाको भीमेश्वर नगरपालिका ९ लाकुरीडाँडा घर भई हाल सोही वासिङ सेन्टरमा काम गर्ने ३८ वर्षीया कमला केसीको मृत्यु भएको हो ।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले वासिङ मेसिनमा राख्ने केमिकल बनाउने क्रममा कमला अचानक वासिङ मेसिनभित्र घुम्ने फलामको रड परेको जानकारी दिए ।

वासिङ मेसिनमा परेर घाइते कमलालाई तत्काल उपचारको लागि

मध्यपुर अस्पताल पु¥याउँदा सम्बन्धित चिकित्सकले मृत्यु घोषणा गरेको उनले बताए।

उनका अनुसार कम्पनीका सञ्चालक साजन पराजुलीले कमलालाई वासिङ मेसिनमा परेर घाइते भई लडिरहेको अवस्थामा फेला पारेका थिए ।

प्रहरी नायब उपरीक्षक गिरीले कम्पनीका सञ्चालक पराजुलीले नै घाइते भई अचेत अवस्थामा फेला परेकी कमलालाई तत्काल उपचारको लागि मध्यपुर अस्पताल पठाएको भनी प्रहरीलाई जानकारी गराएको बताए । उक्त जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट प्रहरी नायब उपरीक्षक राजेश थापाको कमाण्डमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थल पुगेको उनले बताए ।

प्रारम्भिक अनुसन्धान तथा सोधपुछ गरी प्रहरी टोली अस्पतालसमेत पुगेको थियो । प्रारम्भिक अनुसन्धानअनुसार वासिङ मेसिनमा परी गम्भीर घाइते कमला अस्पताल पु¥याउँदा नै मृत्यु भएको भन्ने सम्बन्धित चिकित्सकले जानकारी दिएका पाइएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।
उनका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय