रसुवा - कोरोनाका कारण एक वर्षदेखि पूर्ण सञ्चालनमा आउन नसकेका रसुवागढी नाकाबाट सिमित रुपमा भईरहेको आयात पनि बिहीबारबाट पुनः ठप्प भएको छ ।
चिनियाँ भन्सार यार्डका श्रमीकहरु ल्होसार छुट्टीमा गएपछि नेपाल चीन व्यापारिक नाका रसुवागढीबाट हुने आयात पुनः प्रभावित भएका हुन् ।
रसुवागढी भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीका अनुसार चिनियाँ भन्सार अधिकारीसँग भएको कुराकानीमा अझै झण्डै १० दिन आयात प्रभावित हुने जनकारी आएको बताए ।
कोरोनाकाकारण बन्द हुँदै खुल्नै गरेको रसुवागढी नाका गत कात्तिक १३ गतेदेखि एकतर्फी
रुपमा सञ्चालनमा आएको थियो ।