सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेकपा दहाल-नेपाल समूहले घोषणा गर्‍यो चौथो चरणको आन्दोलन
भर्खरै

नेकपा दहाल-नेपाल समूहले घोषणा गर्‍यो चौथो चरणको आन्दोलन

  • सिधा दृष्टी आइतवार, फाल्गुन २, २०७७ | February 14, 2021

काठमाडौँ - नेकपा दाहाल–नेपाल समूहले आइतबार चौथो चरणको आन्दोलन र संघर्षका कार्यक्रमहरुको घोषणा गरेको छ ।

समूहले फागुन ६ गते प्रतिगमन, महँगी र भष्ट्राचारको विरोधमा काठमाडौंको टुँडिखेल वरीपरी मानव साङ्लोसहितको विरोध कार्यक्रम गर्ने भएको छ । त्यस्तै फागुन ५ देखि १२ गतेसम्म जिल्लास्तरीय विरोध प्रदर्शन र सभा गर्ने आइतबार पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा योगेश खतिवडाले जानकारी दिए ।

यसैगरी समूहले फागुन ८ गते प्रतिगमनविरुद्ध बृहत् अन्तरक्रिया र ९ गते महिला हिंसा, बलात्कारविरुद्ध देशव्यापी महिलाहरुको विरोध कार्यक्रमको घोषणा गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय