बुधबार, अशोज १२, २०७९ | Wednesday 28th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • वर्ल्ड टेनिस टुरमा अमन र मार्ते च्याम्पियन
भर्खरै

वर्ल्ड टेनिस टुरमा अमन र मार्ते च्याम्पियन

  • सिधा दृष्टी आइतवार, फाल्गुन २, २०७७ | February 14, 2021

भारतका अमन दहिया र बेल्जियमकी मार्ते लाम्ब्रेचले आइटीएफ वर्ल्ड टेनिस टुर–जे ५ अन्तर्गत दोश्रो सर्किटको सिंगल्स उपाधि जितेका छन् । फाइनलमा दुवैले आफ्नै राष्ट्रका खेलाडीलाई पराजित गरेका थिए ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष फाइनलमा अमनले निशान्त दवसलाई ६–२ र ६–४ को सोझो पराजित गरेका थिए । त्यस्तै
महिला सिंगल्सको भिडन्तमा मार्तेले रोमाने लन्ग्युभिल्लेलाई ६–३, ६–७(४) र ६–२ को सेटमा पराजित गरेकी थिइन् । अमन र मार्ते सर्किट १ को सिंगल्स विजेता पनि हुन् ।

यसअघि डबल्सको

पुरुषतर्फ भारतका अनुग्रह गांगुली र करण सिंह तथा महिलामा अमेरिकाकी रुतुजा छप्हल्कर र रुदया शाहको जोडी विजेता बनेका थिए ।

विजेतालाई युवा तथा खेलकुद मन्त्री दावा तामाङ, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा र महासचिव मनोहरदास मुलले पुरस्कृत गरे ।

प्रतियोगितामा नेपालसहित भारत, क्यानाडा, स्पेन, फ्रान्स, फिन्ल्यान्ड, अमेरिका, बेल्जियम, जर्मनी र उज्वेकिस्तान गरी १० राष्ट्र सहभागि थिए । पुरुष/महिलामा समान ३२–३२ खेलाडीले सिंगल्स र डबल्स स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा नेपालबाट १२ पुरुष र १४ महिला खेलाडीले सहभागिता जनाएका थिए ।

सर्किट १ को महिला डबल्समा नेपालकी अभिलाषा विष्टले जर्मनीकी सोन्जोसँग मिलेर उपाधि जितेकी थिइन् । सोही सर्किटको पुरुष डबल्समा नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडी उपविजेता बनेको थियो । यो नै समग्रमा प्रतियोगितामा नेपाली खेलाडीले हासिल गरेको ठूलो उपलब्धि हो ।

पुरस्कार वितरण कार्यक्रममा सन् २०२० मा फिलिपिन्सको मनिलामा जनवरीमा भएको २०२० आईटीएफ एसिया १४ एन्ड अन्डर डेभलोप्मेन्ट च्याम्पियनसिपको पुरुष/महिला टिम स्पर्धामा च्याम्पियन बनेका नेपाली खेलाडीलाई ट्रफी हस्तान्तरण गरिएको थियो ।

उक्त प्रतियोगिताका नेपाली प्रशिक्षक छेवाङ लामाले नेपाल टेनिस संघलाई हस्तान्तरण गरेको ट्रफी संघले खेलाडीलाई प्रदान गरेको हो । पुरुषमा आरभ र अकी तथा महिलामा इभा अधिकारी र शुभाङ्गीलक्ष्मी शाह पहिलो भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय