बिहिबार, अशोज १३, २०७९ | Thursday 29th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • हाडजोर्नी दुखाईको केही घरेलु उपचार
भर्खरै

हाडजोर्नी दुखाईको केही घरेलु उपचार

  • सिधा दृष्टी शनिबार, फाल्गुन १, २०७७ | February 13, 2021

जाडो मौसममा हाडजोर्नीको समस्या हुनेहरुले निकै दुख पाउने गर्दछन् । विशेषगरी वृद्ध, गर्भवती, रोगी लगायतलाई जाडोमा जोर्नीको दुखाईले निकै सताउने गर्दछ ।

जोर्नीको दुखाई खासगरि कुनै उपचार हुदैँन । तर, केही उपाय छन् जसलाई अपनाएर यसलाई कम गर्न सकिन्छ ।
नियमित रुपमा ताजा फलफूल तथा सागसब्जीको सेवन गर्नुका साथै जाडोमा अदुवा र बेसारको सेवन गर्नु पर्दछ ।
शरीरलाई बढि मात्रामा आरामदायी जीवनशैलीमा नराखी शरीरमा बल पर्ने काम र श्रममा लगाउनु पर्दछ ।

नियमित शारीरिक व्यायामको अभावमा समेत जोर्नीमा

समस्या हुनसक्छ । तर भारी व्यायाम गर्नबाट भने बच्नु पर्दछ ।
क्याल्सियमयुक्त खाद्यपदार्थ जस्तै दूध, दूधबाट बनेका चीज, ब्रोकाउली, माछा, पालुंगो, राजमा, बदाम, तोफु आदिको सेवन गरी भिटामिन सी र डी पाउन सकिन्छ । यसले जोर्नीको समस्याबाट राहत दिलाउँछ ।

हरेक बिहान केहिबेर नियमित रुपमा घाममा बसेमा जोनी तथा हड्डिको समस्यामा राहत मिल्दछ । यसले शरीरलाई भिटामिन डि मिल्छ ।
तौल धेरै भएमा पनि जोर्नीमा दबाब पर्दछ त्यसैले सदैव आफ्नो तोल सन्तुलनमा राख्नुपर्दछ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय