सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • मोगादिशुमा चौकी नजिक कारबम विस्फोट ३ जनाको ज्यान गयो
भर्खरै

मोगादिशुमा चौकी नजिक कारबम विस्फोट ३ जनाको ज्यान गयो

  • सिधा दृष्टी शनिबार, फाल्गुन १, २०७७ | February 13, 2021

एजेन्सी - मोगादिशुको एउटा प्रमुख सडकको सुरक्षा चौकीनजिकै शनिबार भएको कारबम विस्फोटनमा परी कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य आठ घाइते भएका सुरक्षा अधिकारी र प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् ।

प्रहरीको गाडीलाई पछ्याएर उक्त विस्फोट गराएको सुरक्षा अधिकारी अब्दिरहमान मोहम्मदले बताउनु भएको छ । हालसम्म प्राप्त समाचारअनुसार तीन जना नागरिकको मृत्यु हुनुको साथै अन्य आठ जना घाइते भएका सुरक्षा अधिकारी अब्दिरहमान मोहम्मदले एएफपी समाचार समितिलाई बताएका छन् ।

प्रहरीको गाडीलाई पछ्याएर गोली हानेको हुनाले धेरै

मानिसलाई सडकबाट टाढा भाग्न मद्दत पुगेको र विस्फोटनको कारण हुने मृत्युको संख्या कम भएको पनि मोहम्मदले थप जानकारी दिएका छन् ।

प्रत्यक्षदर्शीले गोलीबारीको आवाज सुनेका बताएका थिए । ‘विस्फोटन आवाज ठूलो थियो, म एक पसलभित्रे थिए ’ प्रत्यक्षदर्शीले बताएका छन् । रासस\एएफपी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय