बुधबार, अशोज १२, २०७९ | Wednesday 28th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • संसद भवन आक्रमणमा ट्रम्पको संलग्नता नरहेको कानून व्यवसायीको दाबी
भर्खरै

संसद भवन आक्रमणमा ट्रम्पको संलग्नता नरहेको कानून व्यवसायीको दाबी

  • सिधा दृष्टी शनिबार, फाल्गुन १, २०७७ | February 13, 2021
President Donald Trump reacts before speaking at a rally at the Phoenix Convention Center, Tuesday, Aug. 22, 2017, in Phoenix. (AP Photo/Alex Brandon)

एजेन्सी । अमेरिकी संसद भवनमा भएको हिंसात्मक आक्रमणमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कुनै संलग्नता नभएको उनका कानून व्यवसायीले दाबी गरेका छन् ।

अमेरिकी संसद भवनमा गत जनवरी ६ मा हिंसात्मक आक्रमण गर्न ‘उक्साए’को आरोपमा महाअभियोग सामना गरिरहेका ट्रम्पको बचाउ गर्दै उनका कानून व्यवसायीले सो घटनामा ट्रम्प निर्दोष रहेको बताएका हुन् ।

कानून व्यवसायीले आक्रमणमा ट्रम्पको संलग्नता खोजिनु गम्भीर झुठ भएको बताएका छन् ।

वकिल भाइक्ष्कल भान डेर वीनले ट्रम्पविरुद्ध महाअभियोगको सुनुवाइ राजनीतिक रुपमा प्रेरित भएको बताए ।

ट्रम्पको डिफेन्स टिमले सिनेटमा

सुनुवाईको क्रममा पाएको १६ घण्टाको समयमध्ये चार घण्टाभन्दा कम मात्रै प्रयोग गरेका छन् ।

वकिलहरुको डिफेन्स बहसअघि हाउस इमपिचमेन्ट म्यानेजरर्सले प्रमाणसहित दुई दिनसम्म आफ्नो केस प्रस्तुत गरेका थिए ।

अमेरिकी संसदमा भएको आक्रमणमा एक प्रहरी अधिकारीसहित कम्तीमा पाँच जनाको मृत्यु भएको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय