आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • यूएई स्थित नेपाली दूतावासका अधिकांश कर्मचारीमा कोरोना पुष्टि
भर्खरै

यूएई स्थित नेपाली दूतावासका अधिकांश कर्मचारीमा कोरोना पुष्टि

  • सिधा दृष्टी शनिबार, फाल्गुन १, २०७७ | February 13, 2021

दोहा। संयुक्त अरब इमिरेट्स (यूएई)स्थित नेपाली दूतावासका अधिकांश कर्मचारी कोरोना सङ्क्रमित भएका छन् ।

दूतावासले एक बिज्ञप्ति जारी गर्दै कोभिड–१९ बाट दूतावासका अधिकांश कूटनीतिक तथा स्थानीय कर्मचारी संक्रमित भएको जनाएको छ ।

कर्मचारीहरुलाई कोरोना संक्रमण भएपछि दूतावासले राहदानीका लागि आवेदन दिँदा हुलाक तथा कुरियर सेवाको माध्यमबाट पठाउन अनुरोध गरेको छ ।

सेवाग्राहीको सुविधा र सुरक्षालाई मध्यनजर गर्दै दूतावासबाट प्रदान गरिने सेवालाई प्रभाव नपरोस् भन्ने हेतुले राहदानी नवीकरणको लागि हुलाकमार्फत आवेदन संकलन गर्न लागिएको दूतावासले जनाएको छ।

आगामी फागुन २ गते

लागू हुनेगरी हुलाक तथा कुरियर सेवाको माध्यमबाट आवेदन पठाउनसमेत अनुरोध गरेको छ ।

राहदानीको लागि फाराम भर्ने, राजस्व तिर्ने तथा साथमा पठाउनुपर्ने कागजातहरुको सम्बन्धमा दूतावासको वेभसाइट हेर्न समेत दूतावासले भनेको छ ।

कर्मचारीहरु कोरोना संक्रमित भएकाले आउँदो फागुन दुई गते भौतिक सम्पर्क कम गर्न कुरियर तथा हुलाकबाटै राहदानीको लागि आवेदन दिन आग्रह गरिएको दूतावासले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय