शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • बलिउड / हलिउड
  • अजयको मैदान संग जूनियर एनटीआर र राम चरण अभिनित फिल्म आरआरआर भिड्ने
बलिउड / हलिउड

अजयको मैदान संग जूनियर एनटीआर र राम चरण अभिनित फिल्म आरआरआर भिड्ने

  • सिधा दृष्टी शुक्रबार, माघ ३०, २०७७ | February 12, 2021

मुम्बई । सन् २०२१ बलिउडका लागि विशेष छ, किनकी यो वर्ष मेगा बजेटका थुप्रै फिल्म प्रदर्शनको तयारीमा छन् । बलिउड अभिनेता अजय देवगनको ‘मैदान’ र साउथ सुपरस्टार जूनियर एनटीआर र राम चरण अभिनित फिल्म ‘आरआरआर’ एकैदिन रिलिज हुँदैछन् ।

यहीबीचमा यी दुई फिल्म रिलिज भएकै दिन हलिउड स्टार डेनियल क्रेगको अन्तिम जेम्स बोण्ड सिरिज फिल्म ‘नो टाइम टू डाई’ पनि रिलिज हुँदैछ । यी तिनै फिल्म दशैंको लामो बिदामा रिलिज हुन लागेका हुन् ।

width="768" height="432" />

बक्सअफिसमा एकैदिन तीन ठूला स्टारको फिल्म रिलिज हुने भएपछि यसको पीडा र तनाव अहिले निर्मातालाई बढी परेको छ । यसअघि अमिताभ बच्चनको फिल्म ‘तुफान’ र ‘जादुगर’ एकैदिन रिलिज हुँदा दुवै फिल्म फ्लप भएका थिए ।

डेनियलको फिल्म ‘नो टाइम टु डाई’ यसअघि नै रिलिज हुने पूर्वघोषित योजना भए पनि कोरोना भाइरसको महामारीका कारण एक वर्ष रिलिज स्थगित गर्नुपरेको थियो ।त्यहीकारण इण्डियन डिस्ट्रिब्यूसन नेटवर्क यो फिल्मलाई सन् २०२१ को कुनै ठूलो विदामा रिलिज गर्ने सोच बनाइरहेका छन् । त्यहीकारण उनीहरु दशैंको माहौलमा फिल्म ल्याउने तयारीमा छन् ।

निर्माता बोनी कपूर र जी स्टुडियो ‘मैदान’ र ‘आरआरआर’ को हुन लागेको प्रतिष्पर्धाबाट खुशी छैनन् । त्यसमाथि ‘नो टाइम टू डाई’पनि आउने भएपछि उनी दुई गुना दुःखी बनेका छन् । यदि यी तीन फिल्म एकसाथ रिलिज हुने अवस्था बन्यो भने ‘मैदान’का निर्माता नयाँ मिति खोज्ने योजना बनाइरहेका छन् ।
–एजेन्सी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय