ललितपुर। नेपाल बङ्गलादेश बैंकले एटीएम बिस्तारको क्रममा ललितपुर नगरपालिका वडा नं ४, खोकनामा एटीएम राखेको छ ।
बैंकले आफ्नो ८१औं एटीएमको बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले औपचारिक रुपमा उद्घाटन गरे ।
योसहित अब नेपाल बंगलादेश बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएम बाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।