आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आज तामाङ समुदायले सोनाम ल्होसार पर्व मनाउँदै
भर्खरै

आज तामाङ समुदायले सोनाम ल्होसार पर्व मनाउँदै

  • सिधा दृष्टी शुक्रबार, माघ ३०, २०७७ | February 12, 2021

काठमाडौं । आज सोनाम अर्थात ग्याल्बो ल्होसार पर्व । यो पर्व तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । आजैबाट सुँगुर वर्ष पूरा भई मुसा वर्ष सुरु हुँदैछ ।ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाताको भनाइ छ ।

अघिल्लो वर्ष बिदा कटौती

गरेको सरकारले यसपालि भने सोनाम ल्होसारको अवसरमा आज तामाङ समुदायका लागि देशैभर बिदा दिएको छ । विभिन्न प्रदेश र स्थानीय तहले भने ३ दिनसम्म सार्वजनिक बिदा दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय