बुधबार, अशोज १२, २०७९ | Wednesday 28th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • प्रशान्त महासागरमा ७ दशमलव ७ रेक्टर स्केलको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
भर्खरै

प्रशान्त महासागरमा ७ दशमलव ७ रेक्टर स्केलको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

  • सिधा दृष्टी बिहिबार, माघ २९, २०७७ | February 11, 2021

काठमाडौँ । प्रशान्त महासागरको दक्षिण क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि वैज्ञानिकहरूले सुनामीको चेतावनी दिएका छन् ।

लोयल्टी द्वीप समूहबाट १० किलोमिटर दक्षिण पूर्वी गहिराइमा बुधबार साँझ ७.७ म्याग्निच्युटको भूकम्प गएपछि सुनामीको चेतावनी दिइएको हो ।भूकम्पपछि अष्ट्रेलियाको मौसम एजेन्सीले सुनामी आएको पुष्टि गरेको छ । व्यूरो अफ मेट्रोलोजी अष्ट्रेलियाले सुनामीबाट लर्ड होवे द्वीप जोखिममा रहेको चेतावनी दिएको छ ।

अमेरिकी सुनामी चेतावनी केन्द्रले पनि भानुआटु र फिजीमा सुनामी आउने चेतावनी दिएको छ ।

भूकम्पको धक्का न्यूजील्याण्डदेखि इन्डोनेसियासम्म महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले

जनाएका छन् ।भूकम्पले के कति क्षति भयो भन्ने विवरणहरू अहिलेसम्म आएका छैनन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय