आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • गशिप
  • नेवारी चलचित्रमा जम्दै छिन् रुवि लामा
गशिप

नेवारी चलचित्रमा जम्दै छिन् रुवि लामा

  • सिधा दृष्टी बिहिबार, माघ २९, २०७७ | February 11, 2021

काठमाडौं । नेवारी चलचित्रकी अभिनेत्री रुवि लामा नेपाली मनोरञ्जन क्षेत्रमा परिचित नाम हो । करिब १० वर्ष देखि इन्टरनेशनल कल्चर डान्सरको रुपमा काम गर्न सुरु गरेकी रुविले पछिल्लो समय नेवारी चलचित्रहरुमा अभिनयका कारण चर्चामा छिन् ।

उनले अभिनय गरेको नेवारी चलचित्र जाट सफल नेवारी चलचित्र हो । यस बाहेक रुविले विभिन्न म्यूजिक भिडियोमा अभिनय गर्नुका साथै निर्देशन् र कोरियोग्राफी पनि गरिसकेकी छन् । दोलखाकी स्थायी बासिन्दा रुविले विभिन्न स्कूल तथा कलेजमा

नित्य प्रशिक्षकको रुपमा समेत काम गरिसकेको बताइन । सेन्ट जेर्भियस स्कूल , डीएभी स्कूल लगायतका स्कूल तथा कलेजमा उनले नृत्य प्रशिक्षकको भूमिका निभाइ सकेको जानकारी दिइन ।

हाल ललितपुरमा परिवारसंगै बसोबास गर्दै आएकी रुविले भ्रमणमा पनि रुचि राख्ने बताइन । भ्रमणका क्रम्मा थाइल्याण्ड, चीन र यूरोपका विभिन्न देश घुमिसकेको बताँउछिन् । पछिल्लो समय कोरोना महामारी र लकडाउनका कारण विदेश भ्रमण स्थगित गरेको बताउने रुविले सिधा दिृष्टि डटकम लाई उपलब्ध गराएका केही तस्विरहरु यस्ता छन् :

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय