सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • देशभर पछिल्लो २४ घण्टामा थप १३४ जनामा कोरोना पुष्टि !
भर्खरै

देशभर पछिल्लो २४ घण्टामा थप १३४ जनामा कोरोना पुष्टि !

  • सिधा दृष्टी बुधबार, माघ २८, २०७७ | February 10, 2021

काठमाडौँ - देशभर पछिल्लो २४ घण्टामा थप १३४ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ५६७ जनाको स्वास्थ्य परीक्षण गर्दा ६३ महिला र ७१ पुरुष गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो समय कोरोनाका कारण मृत्यु हुनेको संख्याभने शून्य रहेको छ । आजसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ७२ हजार ३४९ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ११८ निको भएका छन् । योसँगै निको हुनेको संख्या

दुई लाख ६८ हजार ५४९ रहेको छ ।

अहिले देशभर एक हजार ७५३ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ८८ जना क्वारेन्टिनमा रहेका छन् । एक हजार ७५३ जना आइसोलेशनमा, ७२ जना आइसियुमा र १६ जना भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २१ लाख चार हजार ६२६ को पीसीआर परीक्षण भएको छ । हालसम्म कोरोनाबाट दुई हजार ४७ जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय