आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • केपी ओलीलाई १ मिनेट पनि प्रधानमन्त्री पदमा बस्ने वैधानिक आधार छैन : नारायणकाजी श्रेष्ठ
भर्खरै

केपी ओलीलाई १ मिनेट पनि प्रधानमन्त्री पदमा बस्ने वैधानिक आधार छैन : नारायणकाजी श्रेष्ठ

  • सिधा दृष्टी बुधबार, माघ २८, २०७७ | February 10, 2021

काठमाडौं : प्रचण्ड-नेपाल समूहको नेकपाको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले यो सरकार अवैधानिक भएकाले केपी ओलीलाई १ मिनेट पनि प्रधानमन्त्री पदमा बस्ने वैधानिक आधार नभएको आरोप लगाएका छन्।

बुधबार राजधानीमा संसद विघटनविरुद्धको शक्तिप्रदर्शनपछि विरोधसभामा सम्बोधन गर्दै श्रेष्ठले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्री ओली संसदको सदस्य समेत रहेको दावी गरे।

'वर्तमान सरकारले आफैले असंवैधानिक तरिकाले संसद विघटन गरेर अवस्थामा केपी ओली संसदको सदस्य छैनन्। यस्तो अवस्थामा राष्ट्रपतिद्वारा अर्को सरकार नबन्दासम्म यो काम चलाउन सरकार हो भन्ने अवस्था बाहेक प्रधानमन्त्री पदमा बस्न मिल्दैन। यो

स्वत: काम चलाउ सरकार हुनसक्थ्यो। तर यो कामलचाउ सरकार पनि वैधानिकरुपमा घोषणा नगरेको अवस्थामा यो अवैधानिक सरकार हो,' उनले भने,' केपी ओलीलाई १ मिनेट पनि प्रधानमन्त्री पदमा बस्ने वैधानिक आधार छैन।'

प्रचण्ड-नेपाल समूहको केन्द्रीय संघर्ष समितिका संयोजक श्रेष्ठले संवैधानिक परिषदको अवैधानिक बैठकबाट बलमिच्याइँ गरेर

संवैधानिक निकायमा गरिएको नियुक्ति खारेज गर्नु र संसदलाई सुचारु गर्नु  नै आन्दोलनको मुल उद्देश्य रहेको बताए।

पार्टीका सचिवालय सदस्य समेत रहेका श्रेष्ठले प्रधानमन्त्री ओलीले वैशाखमा चुनाव नगर्नका निम्ति घोषणा गरेको जिकिर गरे।उनले केपी ओलीली घोषणा गरेको चुनाव लोकतन्त्रअन्तरगतको चुनाव नभएको दावी गरे। उनले भने ,' यो चुनाव वास्तविक चुनाव होइन। यो चुनाव केपी ओलीले चुनाव नगर्नका लागि घोषणा गरेका हुन्।'

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय