सोमवार, जेष्ठ २२, २०८० | Monday 5th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पाउनथाले महाबुवासीले स्वास्थ्य सेवा
भर्खरै

पाउनथाले महाबुवासीले स्वास्थ्य सेवा

  • सिधा दृष्टी बुधबार, माघ २८, २०७७ | February 10, 2021

दैलेखको महाबु गाउँपालिकाका बासिन्दाले विशेषज्ञसहितको स्वास्थ्यसेवा पाउन थालेका छन् । कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत र गाउँपालिकाबीच टेलिमेडिसिन सेवा जोडिएपछि नागरिकले स्वास्थ्यसेवा पाउन थालेका हुन् । बालरोग विशेषज्ञ डा. नवराज केसीको पहलमा टेलिमेडिसिन स्वास्थ्यसेवा शुरु गरिएपछि महाबु गाउँपालिकाका नागरिकले विशेषज्ञसहितको स्वास्थ्यसेवा पाउन थालेको गाउँपालिका अध्यक्ष जङगबहादुर शाहीले बताउनुभयो ।

गाउँपालिकामा १० शय्या अस्पताल सञ्चालनका लागि दरखास्त आह्वान गर्दासम्म चिकित्सकको निवदेन नपर्दा अस्पताल सञ्चालन हुने नहुने अन्योलमा थियो । नागरिक स्वास्थ्य सेवाबाट वञ्चित थिए । स्वास्थ्य सेवा पँहुच नभएका नागरिकका लागि

सो सेवा शुरु गरिएको विशेषज्ञ केसीले जानकारी दिनुभयो ।

महाबुका जनतालाई स्वास्थ्य समस्या भएको बेला स्वास्थ्यचौकी गैँडाबाजबाट प्रदेश अस्पताल सुर्खेतमा भिडियो कुराकानीमार्फत बिरामी सिधैँ सम्बन्धित रोग विशेषज्ञसँग स्वास्थ्य समस्या राख्नेछन् र डाक्टरको सल्लाह बमोजिम स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले उपचार गर्छन् ।

उहाँले थप्नुभयो- ‘नागरिकको स्वास्थ्य नै हाम्रो पहिलो प्राथमिकता हो । गाउँपालिकाको तर्फबाट जुनसुकै पहल गर्न हामी तयार छौँ, टेलिमेडिसिनका लागि आवश्यक उपकरण र इन्टरनेट सेवालाई थप प्रभावकारी बनाइ सहज स्वास्थ्य उपचार उपलब्ध गराइने छ ।

pic by -RSS

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय