सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • माघ – २४ र फाल्गुन ३ गतेको आन्दोलन सशक्त हुन्छ – नेका केन्द्रीय सदस्य गिरी
भर्खरै

माघ – २४ र फाल्गुन ३ गतेको आन्दोलन सशक्त हुन्छ – नेका केन्द्रीय सदस्य गिरी

  • सिधा दृष्टी शनिबार, माघ २४, २०७७ | February 6, 2021

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य किरण गिरीले नेपालमा कुनै पनि निरंकुशता र अधिनायकवाद नटिक्ने चेतावनी दिनु भएको छ । शनिवार विहान एक रेडियोलाई दिएको अन्र्तवार्तामा केन्द्रीय सदस्य गिरीले राणा , राजा र पंचायतको निरंकुशता समाप्त पारेको नेपाली कांग्रेसको आन्दोलन अगाडि नेकपा को अधिनायकवाद नटिक्ने बताउनु भएको हो ।

संसद विघटन , भ्रष्टाचार एबं असंवैधानिक कदम विरुद्ध नेपाली कांग्रेसले आयोजना गर्दै आएको आन्दोलन सशक्त र प्रभावकारी रहदै आएको उहांको दाबी छ । अबको आन्दोलन थप सशक्त र प्रभावकारी हुने दाबी

गर्दै केन्द्रीय सदस्य गिरीले माघ २४ गते र फाल्गुन – ३ गते नेपाली कांग्रेस शुभेच्छुक संगठन र जिल्ला कार्यसमिति को नेतृत्वमा ७७ जिल्लामा हुने आन्दोलनले नेकपा सरकार विरुद्ध नेपाली जनता लाई सचेत र गोलबध्द बनाउने बताउनु भयो ।

बिगत दुई महिना देखि जारी रहेको आन्दोलनका सबै कार्यक्रम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सर्बसम्मत निर्णय अनुसार संचालन भैरहेका बिरोध प्रदर्शन र बिरोध सभा हरुमा नेपाली कांग्रेसका केन्द्रीय नेता तथा कार्यकर्ता हरुको ७७ जिल्लामा सक्रिय सहभागिता रहेको जनाउदै केन्द्रीय सदस्य गिरीले आन्दोलनमा देखिएको व्यापक जनसहभागिताले नेपाली कांग्रेस प्रती आम जनताको भरोसा र बिश्वास बढ्दै गइरहेको अबस्था रहेको जानकारी दिनु भएको छ । नेपाली कांग्रेसको नेतृत्वमा बनेको संबिधान र परिबर्तन संघीय लोकतान्त्रिक गणतन्त्र लाई नेपाली कांग्रेसले कुनैपनी हालत रक्षा र सम्बर्द्धन गर्ने प्रतिबद्धता समेत केन्द्रीय सदस्य गिरीले व्यक्त गर्नु भयो ।

आज नेपाल राजनीतिक र संबैधानिक संकटमा पर्नुमा सिंगो नेपाल कम्युनिस्ट पार्टी जिम्मेवार रहेकोे बताउदै अन्तरबार्ता कै क्रममा केन्द्रीय सदस्य गिरीले आगामी दिनमा मुलुकको जिम्मेवार र भरपर्दो नेपाली कांग्रेस जनमतबाट नै निर्णायक राजनीतिक शक्तिका रुपमा स्थापित हुने दाबी गर्नु भएको छ । राजा रजौटाहरुको युग समाप्त भएकोले कुनैपनी खालको प्रतिगगन , अधिनायकवाद र निरंकुशता नेपालमा आउन नसक्ने धारणा समेत नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण गिरीले राख्नु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय