मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • राष्ट्रिय महिला लिग अन्तर्गतका खेल आजबाट सुरु
भर्खरै

राष्ट्रिय महिला लिग अन्तर्गतका खेल आजबाट सुरु

  • सिधा दृष्टी शनिबार, माघ २४, २०७७ | February 6, 2021

काठमाडौं । राष्ट्रिय महिला लिग अन्तर्गत आजदेखि दोस्रो चरणको खेलहरु सुरु हुँदैछ ।

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा भइरहेको डबल लिग अन्तर्गत पहिलो चरणका खेलहरु सकिसकेका छन् । लिगमा तीन विभागीय र चार नगरपालिकारमहानगरपालिका टिमसहित ७ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।दोस्रो चरणको पहिलो खेलमा शनिवार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच खेल हुनेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २ बजे खेल सुरु हुनेछ । पहिलो चरणमा आर्मीले चौदण्डीगढीलाई १२-० ले पराजित गरेको थियो ।

अंकतालिकामा

दोस्रो स्थानमा रहेको आर्मी चौदण्डीलाई पराजित गर्दै लिग लिडर एपीएफसंथ अंक दूरी कम गर्ने योजनामा हुनेछ ।

पहिलो चरणको ६ खेलबाट १३ अंक जोडेर आर्मी दोस्रो स्थानमा छ । ६ वटै खेल हारेको चौदण्डीगढी अंकविहीन हुँदै पुछारमा छ ।

महिला लिगको साविक विजेतासमेत रहेको एपीएफ पहिलो चरणमा शतप्रतिशत जितसहित १८ अंक जोडेर शीर्ष स्थानमा छ ।

पहिलो चरणमा विभागीय टोली पुलिसलाई स्तब्ध पारेको विराटनगर महानगरपालिका ६ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ । पुलिस र वालिङ समान ८ अंकसहित क्रमशस् चौथो र पाँचौ स्थानमा छ । चन्द्रपुर ३ अंकका साथ छैटौं स्थानमा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय