बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • टीकटक बनाउन प्रहरीकै गाडीको दुरुपयोग
भर्खरै

टीकटक बनाउन प्रहरीकै गाडीको दुरुपयोग

  • सिधा दृष्टी शनिबार, माघ २४, २०७७ | February 6, 2021

काठमाडौं । पछिल्लो समय टीकटक नेपालमा लोकप्रिय छ । टिकटकमा तन्नेरी मात्रै भएर बालबालिका र वृद्धवृद्धाले समेत भिडियो बनाएर अपलोड गर्ने गरेका छन् । टीकटक जति लोकप्रिय छ पछिल्लो समय टिकका कारण अनेक दुर्घटनाका खबर पनि आउन थालेका छन् भने प्रयोगकर्ताहरुले अनेक हर्कत र हत्कण्डा पनि अपनाउँदै आएका छन् । हालै नेपाल प्रहरीकै गाडी दुरुपयोग गरी टीकटक भिडियो बनाएको घटना बाहिरिएको छ ।

उक्त टिकटक बनाउन प्रयोग गरिएको प्रहरीको गाडी बझाङ जिल्ला प्रहरी कार्यालयको रहेको बुझिएको छ । ना १

झ १२७३ नम्बरको उक्त गाडी जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले प्रयोग गर्दै आएका थिए । खड्काले प्रयोग गर्ने उक्त गाडी कसरी टीकटक भिडियो बनाउन प्रयोग गरियो भन्ने स्पष्ट हुन सकेको छैन । तर गाडी मर्मत गर्ने स्थानमा प्रहरीको गाडी दुरुपायोग गरी टीकटक भिडियो बनाइएको हुन सक्ने बझाङ प्रहरीको आशंका छ । यस बिषयमा थप अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउने बझाङ प्रहरीले जानकारी दिएएको छ ।

प्रहरीको बर्दीमा पनि यस अघि टिकटक भिडियो बनाइएको पाइएपछि प्रहरीले सुचना नै जारी गरि यस्तो कार्यगर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको थियो तर चेतावनीका बाबजुद पनि बझाङका जस्तै घटना अन्य स्थलमा पनि भैरहेका छन् । टीकटक मनोरञ्जनको एक साधन मात्रै हो, यसलाई दुरुपयोग गर्दा वा भिडियो बनाउने क्रम्मा अनेक हत्कण्डा अपनाउँदा पछिल्लो समय भिडियो बनाउनेको ज्यान नै गएका कयौं घटना घटेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय