मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • इन्टर मिलान एटालियन सिरी एको शीर्ष स्थानमा उक्लियो
भर्खरै

इन्टर मिलान एटालियन सिरी एको शीर्ष स्थानमा उक्लियो

  • सिधा दृष्टी शनिबार, माघ २४, २०७७ | February 6, 2021

एजेन्सी । इन्टर मिलान इटालियन सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा पुगेको छ ।शुक्रबार राति भएको खेलमा फियोरेन्टिनालाई २–० ले पराजित गर्दै इन्टर शीर्ष स्थानमा उक्लिएको हो ।

फियोरेन्टिनाको मैदानमा इन्टरलाई जित दिलाउन निकोलो बरेला र इभान पेरिसिचले एक एक गोल गरे । खेलको ३१औँ मिनेटमा बरेलाले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ५२औँ मिनेटमा पेरिसिचले गोल गर्दै इन्टरलाई २–० को जित दिलाए । जितसँगै शीर्ष स्थानमा उक्लिएको इन्टरले ४७ अंक जोडेको छ ।

एसी मिलानलाई १ अंकले

पछि पार्दै इन्टर शीर्ष स्थानमा उक्लिएको हो । फियोरेन्टिना २२ अंक जोडेर १२औँ स्थानमा रहेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय