बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • यमनमा जारी युद्धमा अमेरिकाको समर्थन नरहने वाइडेनको घोषणा
भर्खरै

यमनमा जारी युद्धमा अमेरिकाको समर्थन नरहने वाइडेनको घोषणा

  • सिधा दृष्टी शुक्रबार, माघ २३, २०७७ | February 5, 2021

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले यमनमा जारी युद्धमा अब अमेरिकी समर्थन नरहने घोषणा गरेका छन् ।

साउदी अरेबियाको नेतृत्वमा यमनमा हुथी विद्रोहीविरूद्ध भइरहेका आक्रामक कारबाहीलाई समर्थन गर्दै अमेरिकाले विक्री गर्दै आएको हतियार पनि अब रोकिने उनले बताएका छन् ।

द्वन्द्वले मानवीय र रणनीतिक विनाश निम्त्याएको भन्दै बाइडेनले यस्तो घोषणा गरेको बीबीसीले जनाएको छ ।

यद्यपि साउदीहरूलाई उनीहरूको भूभाग र सार्वभौमिकताको रक्षाका लागि अमेरिकाले गर्दै आएको सहायता भने जारी राख्ने बाइडेनले प्रष्ट्याएका छन् ।

छ वर्षभन्दा लामो समयदेखि जारी युद्धमा

यमनमा एक लाख १० हजारभन्दा बढी मानिसहरूले ज्यान गुमाएको बताइन्छ।

सन् २०१४ मा यमनको कमजोर सरकार र हुथी विद्रोहीबीच लडाइँ सुरु भएको थियो । त्यसको एक वर्षपछि साउदी अरेबिया र आठ अन्य अरब देशसहित अमेरिका, यूके र फ्रान्सले हुथीविरुद्ध हवाई हमला थालेपछि द्वन्द्व चर्किएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय