आइतवार, मंसिर १८, २०७९ | Sunday 4th December 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • मौसममा बदलाव, कतै हिमपात कतै वर्षा हुने
भर्खरै

मौसममा बदलाव, कतै हिमपात कतै वर्षा हुने

  • सिधा दृष्टी शुक्रबार, माघ २३, २०७७ | February 5, 2021

काठमाडौं । आज बिहानैदेखि मौसममा बदलाब आएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदलाब आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले सुदूर पश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य र बागमती प्रदेशमा आंशिक बदली भएको छ ।

महाशाखाका अनुसार बिहानै पश्चिम नेपालका केही ठाउँमा सामान्य वर्षा भएको छ भने उच्च हिमाली क्षेत्रमा हिमपात बिहीबार रातिदेखि नै हिमपात भएको छ । पानी पर्नुका साथै हिमपात भए पनि तापक्रममा भने अत्यधिक गिरावट आउनेछन ।

आज दिउँसो र रातिसम्म

सुदूर पश्चिम, कर्णाली, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानमा र प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरुमा पनि हल्कादेखि मध्यम वर्षा हुनेछ । हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बदली भई पानी पर्ने र हिमपात हुने क्रम भोलि ९शनिबार०सम्म जारी रहनेछ । आइतबारदेखि भने मौसम खुल्ने महाशाखाको पूर्वानुमान छ । बिस्तारै तापक्रम पनि बढ्नेछ ।

 

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय