काठमाडौं । सामाजिक क्षेत्रमा क्रियाशिल संस्था सद्भाव नेपालको सहकोषाध्यक्षमा दिव्या मर्हजन नियुक्त हुनु भएको छ । संस्थाले पदाधिकारी र विभागहरुलाई पूर्णता दिने क्रममा काठमाडौैंकी महर्जनलाई संस्थाको सहकोषाध्यक्षमा मनोनित गरेको हो । संस्थाको सहकोषाध्यक्षमा नियुक्त भएपछि महर्जनले संस्थाको नीति, नियम, आर्दश र उदेश्य अनुसार काम गर्ने प्रतिबद्धता जनाउनु भयो । साथै संस्थाले आफूलाई नयां जिम्मेवारी दिएकोमा उहांले खुसी व्यक्त गर्नु भयो । संस्थाले पछिल्लो समय कोरोना महामारीको विरुद्धको लडाइमा महत्पवूर्ण योगदान दिएको थियो ।
/>