काठमाडौं । अब देखि अनलाइनबाटै ट्राफिक नियम उल्लंघनको जरिवाना तिर्न मिल्ने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले जरिवाना तिर्न मिल्ने गरी नयाँ सफ्टवेयर कार्यान्वयनमा ल्याएसंगै सेवाग्राहीलाई जरिवाना तिर्न सहज भएको हो । बुधबार ट्राफिक प्रहरी महाशाखा र इसेवाबीच अनलाईन इसेवा एपवाटै शुल्क तिर्नसकिने सम्झौतामा हस्ताक्षर भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भटराईले टीभीआरएस ट्राफिक भायोलेन्स रेकर्ड सिस्टममार्फत अनलाइन जरिवान तिर्न मिल्ने भएको बताए ।
अब ट्राफिक नियम उल्लंघनकर्ताले जरिवाना तिर्न बैंकमा लाइन बस्नुपर्ने बाध्यता हटेको उनले
बताए । त्यस्तै उनले ट्राफिक व्यवस्थाहरुलाई क्रमश प्रविधी मैत्री बनाउदै लगिने जानकारी दिए ।
यसअघि, सवारीचालकले ट्राफिक नियम उल्लंघन गरेको जरिवाना तिर्न बैंकमै धाउनुपर्ने अवस्था थियो । अव कारवाहीमा परेका सवारी चालकले इसेवाको एपवाट तोकिएको जरिवाना तिर्न सक्ने छन् ।