बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • संसदीय सुनुवाइ विना संवैधानिक नियुक्ति गरिनु सर्वसत्तावादको श्रंखला : नेपाली काँग्रेस
भर्खरै

संसदीय सुनुवाइ विना संवैधानिक नियुक्ति गरिनु सर्वसत्तावादको श्रंखला : नेपाली काँग्रेस

  • सिधा दृष्टी बुधबार, माघ २१, २०७७ | February 3, 2021

काठमाडौं । संंसदीय सुनुवाइ विना नै संवैधानिक निकायका पदाधिकारी नियुक्त गरिएकोमा नेपाली काँग्रेसले आपत्ति जनाएको छ । संसदीय सुनुवाइ विना नै संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्नुलाई काँग्रेसले सरकारको ‘सर्वसत्तावाद उन्मुख प्रवृत्तिको श्रृङ्खला’को संज्ञा दिएको छ ।

न्युज एजेन्सी नेपालसंग संक्षिप्त प्रतिक्रिया दिँदै प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको सर्वसत्तावाद उन्मुख प्रवृत्तिविरुद्ध संघर्षका कार्यक्रम सञ्चालन गर्ने बताए ।

एकपछि अर्को संवैधानिक व्यवस्थालाई उलंघन गरेर सरकार संविधानलाई विखण्डित गर्ने यात्रामा अघि बढेको उनले प्रतिक्रिया दिए । प्रवक्ता शर्माले संवैधानिक परिषद् सम्बन्धी विश्वव्यापी व्यवस्थालाई उलंघन

गरेर सरकारले अध्यादेश ल्याउँदा नै आफूहरुले असहमति जनाएको र अध्यादेश फिर्ता नभई प्रतिपक्षी दलका नेता बैठकमा नजाने निर्णय नै गरेको पनि बताए ।

‘संसदीय सुनुवाइपछि मात्रै नियुक्तिको प्रक्रियालाई पूर्णता दिने भन्ने हाम्रो संवैधानिक मर्म छ । त्यस प्रकारको व्यवस्था प्रष्ट छ । तर त्यो केही पनि नगरिकन आज एकाएक सपथ ग्रहण भयो‘’ उनले भने, ‘‘यो स्थिति जन्मनुको पछाडि दुईवटा कुराले प्रधानरुपमा काम गर्यो । एकातर्फ उहाँहरुसंग रहेको भनिएको दुई तिहाइको दम्भ र अर्को तर्फ उहाँहरुको द्वन्द्वका कारणले आज संविधानलाई नै विखण्डित गर्ने प्रकारको यात्रा उहाँहरुले अगाडि बढाउनुभएको छ ।’

शर्माले पछिल्लो कदमलाई सरकारको सर्वसत्तावाद उन्मुख प्रवृत्तिकै एउटा श्रृङ्खलाको रुपमा लिएको र त्यसविरुद्धको संघर्षलाई अझै घनीभूत बनाउनुपर्छ भन्ने निष्कर्षमा पार्टी पुगेको पनि बताए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय