कठमाडौं । पछिल्लो समय सामाजिक क्षेत्रमा क्रियाशील संस्था सद्भाव नेपालले आफ्ना विभागहरुलाई पूर्णता दिएको छ । संस्थाले खेलकुद, प्रचारप्रसार, प्रेस, कानुनी तथा प्रशासनिक लगायतका आफ्ना विभागमा सदस्य तथा सल्लाहकारहरु मनोनित गरेको हो ।
संस्थाको सह कोषाध्यक्षमा दिव्या महर्जन, प्रशासनिक सल्लाहकारमा शंकर खड्का,कानुनी सल्लाहकारमा रञ्जित घिमिरे र प्रेस सल्लाहकारमा संवेग बस्नेतलाई मनोनित गरिएको छ । त्यस्तै प्रकाश श्रेष्ठ, इन्द्रावती श्रेष्ठ,दिपकराज रेग्मी र भुवन गिरीलाई संस्थाले सल्लाहकारमा मनोनित गरेको छ ।
त्यस्तै संस्थाको विभागलाई पूर्णता दिने क्रम्मा रोशन कार्की, अणु कपाली, सरीका राउत पुजारीलाई संस्थाको सदस्यमा नियुक्त गरिएको छ । संस्थाको खेलकुद विभाग प्रमुखमा विमोचन केसीलाई जिम्मेवारी दिइएको छ भने प्रचार–प्रसार विभागको प्रमुखमा सञ्जय महर्जनलाई मनोनित गरिएको छ । त्यस्तै सोही विभागको सदस्यमा बसन्त गुप्ता र सौगात भुर्तेललाई मनोनित गरिएको संस्थाले जानकारी दिएको छ ।
मनोनित विभाग प्रमुख, सल्लाहकार र सदस्यहरुले संस्थाको विधान, सिद्धान्त र नीति अनुसार काम गर्ने अपेक्षा गरेको संस्थाका अध्यक्ष अभिषेक श्रेष्ठको धारणा छ । समाजसेवा र राजनीतिक गर्दा जस अपजस सबै आउने भएकाले विचलित नभइ आफ्नो काम गनुपर्नेमा नेपाल तरुण दल चन्द्रागिरी नगर प्रचार – प्रसार विभाग प्रमुख समेत रहेका संस्थाका अध्यक्ष श्रेष्ठले जोड दिनु भयो । राजनीति र समाजसेवाको क्षेत्रमा युवाहरुले नेतृत्व गनुपर्ने समय आएको पनि उहांको भनाइ छ ।