काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिकालाई आधार भूमि बनाएर समाजसेवाको क्षेत्रमा क्रियाशिल सद्भाव नेपाल सम्मानित भएको छ । संस्थालाई ब्लड डानर्स एशोसिएशन(ब्लोदान) ले सम्मान गरेको हो । ब्लोदानको २३ औं साधरणसभाको अवसरमा शनिवार आयोजित कार्यक्रममा सद्भाव नेपालका अध्यक्ष अभिषेक श्रेष्ठलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
कोरोना महामारिको समयमा भएको रगत अभावलाई सहज बनाउन सद्भाव नेपालले खेलेको भुमिकाको कदर गर्दै सद्भाव नेपाललाई सम्मान गरिएको हो ।
सम्मानित भएपछि सद्भाव नेपालका अध्यक्ष
अभिषेक श्रेष्ठले समाज सेवामा लाग्नेहरुलाई जस अपजस सबै आउने भएकाले अपजसको पनि लिन तयार व्यक्तिहरु मात्रै समाजसेवाको क्षेत्रमा काम गर्न सक्ने बताउनु भयो । साथै रक्तदान गर्नेहरुले आफैंले कहिल्यै रगत लिन नपरोस भन्दै श्रेष्ठले कामना गर्नु भयो । उहांले युवाहरु रानीजितको साथै समाजसेवाको क्षेत्रमा पनि क्रियाशील हुनुपर्नेमा जोड दिनु भयो । चन्द्रागिरी नगरपालिकाका युवाहरु सद्भाव नेपालमा जोडिन अध्यक्ष श्रेष्ठको आव्हान छ ।
सद्भाव नेपालले लकडाउनको समयमा दिनदुखी, बेरोजगारहरुको उद्धार गरी उदाहरणीय काम गरेको थियो ।