बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • विश्वमा ७ करोड ४३ लाख बढीले कोरोना लाई पराजित गरे
भर्खरै

विश्वमा ७ करोड ४३ लाख बढीले कोरोना लाई पराजित गरे

  • सिधा दृष्टी शनिबार, माघ १७, २०७७ | January 30, 2021

एजेन्सी । विश्वभर ७ करोड ४३ लाखभन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।

शनिबार बिहान यो समाचार तयार पर्दासम्म ७ करोड ४३ लाख ३ हजार ६७८ जना संक्रमणमुक्त भएका छन् । कुल संक्रमितका आधारमा निको हुनेको दर ७२.४२ प्रतिशत हो । पछिल्लो २४ घण्टामा ४ लाख ४३ हजार ८०३ जना निको भएका छन् ।कुल संक्रमितको २५.४२ प्रतिशत संक्रमित अहिले पनि उपचारका क्रममा छन् । अर्थात् सक्रिय संक्रिमतको संख्या २ करोड ६० लाख ७४ हजार ७६९ छ । यसमध्ये

१ लाख ९ हजार २१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५ लाख ७३ हजार ७६१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १० करोड २५ लाख ९२ हजार ७७३ पुगेको छ ।

यस्तै कोरोनाले मृत्यु हुनेको संख्या २२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ५३१ संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २२ लाख १४ हजार ३२६ पुगेको हो । कुल संक्रमितको आधारमा मृत्यु हुनेको यो संख्या २(१६ प्रतिशत हो ।

संक्रमणको सबैभन्दा धेरै चपेटामा अमेरिका छ । अमेरिकामा २ करोड ६५ लाखभन्दा बढी संक्रमित भएका छन् । ४ लाख ४७ हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ ।

यस्तै भारत, ब्राजिल, रसिया, फ्रान्स, बेलायत, टर्की लगायतका मुलुक पनि संक्रमणले धेरै असर परेका मुलुकको सूचीमा छन् ।

संक्रमण सुरू भएको एक वर्ष वित्दा विश्वका सबैजसो देशमा फैलिएको छ । कतै तेस्रो चरणको संक्रमण फैलिएको छ भने कतै नयाँ प्रजातिको कोरोना देखिएको भन्दै त्रास फैलिएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय