काठमाडौं । चन्द्रागिरि नगरपालिकाका सबै भन्दा कम उमेरका वडा अध्यक्ष सन्तोष खड्का सम्मानित भएका छन् । खड्का फोकस नेपालले प्रदान गरेको कोभिड डिफेन्स अवार्ड२०२० बाट सम्मानित भएका हुन् । खड्का नगरपालिकाको वडा नम्बर ८ बाट निर्वाचित भएका थिए ।
खड्कालाई पूर्व उपराष्ट्रपति परमानन्द झाले सम्मान पत्र प्रदान गर्नु भयो ।
कोरोना महामारी विरुद्ध लडाईमा खड्काले पुराएको योगदानको कदर गर्दै संस्थाले सम्मान गरेको हो । फोकस नेपालले शहीद दिवसका अवसरमा काठमाडौैंमा एक कार्यक्रमको आयोजना गरी खड्का लगायतका व्यक्तिलाई सम्मान गरेको
हो ।
संस्थाले खड्कालाई प्रदान गरेको सम्मान पत्रमा कोभिड–१९ विरुद्धको लडाईका क्रम्मा खड्काले समस्यामा परेका गरिब,दिनदुखी र बेरोजगारहरुलाई सहयोग गरेको, खाद्य समाग्री र मेडिकल सामाग्री वितरण गरेर महत्वपूर्ण योगदान गरेको भन्दै प्रशंसा गरेको छ । साथै खड्काले समाज र देशका लागि पुराएको योगदान चीरस्थायी रहने संस्थाले प्रदान गरेको सम्मान पत्रमा उल्लेख छ । खड्का युवा राजनीतिकर्मी तथा समाजेसवीको रुपमा परिचित छन ।