काठमाडौं । सडक दुर्घटनामा तरुण दलका नेता रमेश अर्यालयको निधन भएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने दाउन्ने बजार नजिकै भएको दुर्घटनामा अर्यालको निधन भएको हो । पूर्वबाट पश्चिम जादैं गरेको ना ३ ख ४०९ नम्बरको ट्रकले सोही दिशा तर्फ जाँदै गरेको से ६ प ८६७९ नम्बरको माटरसाइकललाई ठक्कर दिँदा अर्यालको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । कच्ची सडकमा धुलो कम गर्न पानी हालिएका कारण चिप्लिएर दुर्घटना भएको हुन सक्ने प्रहरीको आशंका छ । यसैबीच अर्यालको निधनमा तरुण दल चन्द्रागिरि
नगरपालिका प्रचारप्रसार विभाग प्रमुख अभिषेक श्रेष्ठले दुख व्यक्त गरेका छन् । अर्यालको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको श्रेष्ठको भनाइ छ । अर्याल नेपाली काँग्रेसका एक जुधारु कार्यकर्ता थिए ।