सोमवार, अशोज १५, २०८० | Monday 2nd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भिडियो
  • लोकप्रिय गायक सन्तु थापाको लाहुरेदाईलाई बोलको पञ्चेबाजा गीत चर्चामा (भिडियोसहित)
भिडियो

लोकप्रिय गायक सन्तु थापाको लाहुरेदाईलाई बोलको पञ्चेबाजा गीत चर्चामा (भिडियोसहित)

  • सिधा दृष्टी बिहिबार, माघ १५, २०७७ | January 28, 2021

काठमाडौं । लोकप्रिय गायक तथा सर्जक सन्तु थापाको पञ्चेबाजा गीत लाहुरेदाईलाई दर्शकमाझ आएको छ । गायक थापाले आफ्नै यूट्युब च्यानल सन्तु थापा बाट गीत सार्वजनिक गरेका छन् । गीतमा थापाको साथै लोकप्रिय गायिका समिक्षा अधिकारीले स्वर दिएकी छन्। गीतको शब्द रचना अनिल दवाडीले गरेका हुन् भने गीतमा संगीत खेम सेञ्चुरीले दिएका छन् ।
भिडियोमा निर्देशन् गायक थापा स्वयमले गरेका छन् ।

यूउट्युवमा गीत सार्वजनिक भएपछि गीतलाई धेरैले दशर्कले मन पराएका

छन् । गीत अपलोड भएको करिब चार दिनमा नै ८५ हजार बढीले हेरेका छन् । गीतका विषयमा गायक थापाले यो गीत नेपाली नेपाली मौलिक लोकसंगीतको संरक्षण गर्न र विश्वसामु चिनाउन गीतका साथै भिडियो निर्माण गरेको बताए ।

थापाले छिट्टै अन्य दुई गीत पनि दर्शकमाझ ल्याउने तयारीमा रहेको जानकारी दिए ।  सालैजो, आधुनिक गित, सोरठी गीत, कौराहा गीत, लोकपप, पञ्चेबाजा, तीज गीत, लोकदोहारी लगायतका थुप्रै विधामा स्वर दिएका थापाका यस अघि दर्जनौं गीत चर्चामा आएका थिए । लोकसंगीतका विभिन्न विधामा स्वर दिएका थापा भर्सटाईल गायकको रुपमा परिचित छन् । गुल्मीको तम्घासमा जन्मिएका थापा सानै देखि गीत गाउन मन पराउथे । सानै देखि लोकसंगीतमा रुची राख्ने थापा बिक्रम सम्वत २ हजार ६५ साल देखि व्यवसायीक रुपमा यो क्षेत्रमा आएका थिए । यो क्षेत्रमा लाग्दा सुरुका दिनमा निकै संघर्ष गर्नु परेको थापाको अनुभव छ । दर्शकस्रोताको मायाले विगतका दुख पिडा पनि भुल्दै गएको थापा बताउँछन् ।


नेपाली मौलिक लोकसंगीतमा  महत्वपूर्ण योगदान दिएकै कारण थापालाई विभिन्न सम्मान तथा अवार्ड प्रदान गरिएको छ । स्टेज कार्यक्रमका दौरान थापा देशका विभिन्न जिल्ला पुगेका छन् भने विदेशमा यूके,अष्ट्रिलिया, बेल्जियम, फ्रान्स, नेदरल्याण्ड, स्पेन, इटली, चेकरिपब्लिक, लग्जम्बर, पोल्याण्ड, मलेसिया, दुवई, इन्डिया लगायतका देशमा पुगेर आफ्नो प्रस्तुति दिएका छन् ।

(गीतको भिडियो )

https://www.youtube.com/watch?v=7NnEm2mLiMQ

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय