सोमवार, साउन २३, २०७९ | Monday 8th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • यात्रुवाहक बसमा आगलागी हुँदा ५३ जनाको ज्यान गयो
भर्खरै

यात्रुवाहक बसमा आगलागी हुँदा ५३ जनाको ज्यान गयो

  • सिधा दृष्टी बुधबार, माघ १४, २०७७ | January 27, 2021

याउन्डे। एक यात्रुवाहक बसमा आगलागी हुँदा क्यामरुनमा ५३ जनाको मृत्यु भएको छ ।

पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करसँग ठोकिएर बसमा समेत आगलागी भएको अधिकारीहरूले जनाएका छन् ।

“दुर्घटनामा परी मृत्यु भएकाहरूको शव जलेको अवस्थामा रहेको छ, उनीहरूको पहिचान गर्न सकिएको छैन,” स्थानीय गभर्नर अवा फोङ्का औगस्टीनले भने ।

स्थानीय समयअनुसार दिउँसो ३ः३० बजे दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् । मध्य पश्चिमी क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने ठाउँमा सो दुर्घटना भएको समाचारमा जनाइएको छ ।

सरकारी अधिकारीहरूले घटनाका बारेमा अनुसन्धान भइरहेको

जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय