बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • एएफसी कपको प्लेअफमा आर्मीले श्रीलंकाको सामना गर्ने
भर्खरै

एएफसी कपको प्लेअफमा आर्मीले श्रीलंकाको सामना गर्ने

  • सिधा दृष्टी बुधबार, माघ १४, २०७७ | January 27, 2021

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप २०२१ को छनोट अन्तर्गत दक्षिण एसियाली प्लेअफको पहिलो चरणमा श्रीलंकन टोलीको सामना गर्ने भएको छ ।

बुधबार एसियाली फुटबल कन्फिडेरेसन (एएफसी) ले खेल तालिका सार्वजनिक गरेको हो । जसमा आर्मीले श्रीलंकाको पुलिस क्लबसँग खेल्नेछ ।यो प्लेअफको विजेता बन्ने टोली एएफसी कपको मुख्य खेल तालिकाको समूह डी मा रहनेछ । आर्मीले केही समयअघि मात्र एएफसीको क्लब लाइसेन्स प्राप्त गरेकोले एएफसीको प्रतियोगिता खेल्न अनुमति दिएको हो ।

गत वर्ष भएको शहीद स्मारक

ए डिभिजन लिगमा आर्मी उपविजेता बनेको थियो । मछिन्द्रले उपाधि जिते पनि आर्मी क्लब लाइसेन्स पाउने पहिलो क्लब बनेपछि यो अवसर पाएको हो ।

प्लेअफबाट मुख्य प्रतियोगितामा पुग्न आर्मीले तीन खेल जित्नुपर्नेछ । जसअनुसार पहिलो चरणमा आर्मीले अप्रिल ७ तारिखमा श्रीलंका पुलिसको सामना गर्नेछ ।

यस्तै खेल जित्ने टोलीले दोस्रो खेल भारतको बेंगलुरु फुटबल क्लबसंग अप्रिल १४ मा खेल्नेछ । यस खेलको विजेताले अर्को पोलबाट आउने टोलीसंग प्लेअफ फाइनल खेल्नेछ ।

प्लेअफको अर्को पोलमा माल्दिभ्सको क्लब इगल्स र भुटानको थिम्पु सिटी खेल्नेछन् । उक्त खेलको विजेताले बंगलादेशको अबहानी लिमिटेड ढाकासँग खेल्नेछ र विजेता प्लेअफ फाइनलमा पुग्नेछ ।

प्लेअफ फाइनल खेल अप्रिल २१ मा हुनेछ । खेल हुने स्थान भने टुङ्गो लागेको छैन ।

यस प्लेअफ जित्ने टिमसंगै समूह डी मा दक्षिण एसियाकै क्लब हुनेछन् । समूह डीमा भारतको एटिके मोहन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया छन् ।

एएफसी कप २०२१ को समूह चरणका खेलहरु १४ मे देखि सुरु हुनेछ । यो पटक नेपालबाट एएफसी क्लब लाइसेन्स आर्मीले मात्रै पाएकाले उसले यो प्रतियोगिता खेल्न लागेको हो ।

यसअघि लिग च्याम्पियनले एएफसी कप खेल्दै आएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय