बिहिबार, भदौ २, २०७९ | Thursday 18th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • क्रिकेट रंगशाला बनाउनका लागि भरतपुर महानगरपालिकाको चार करोड सहयोग
भर्खरै

क्रिकेट रंगशाला बनाउनका लागि भरतपुर महानगरपालिकाको चार करोड सहयोग

  • सिधा दृष्टी बुधबार, माघ १४, २०७७ | January 27, 2021

चितवन । भरतपुर महानगरपालिकाले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि चार करोड रुपैयाँ सहयोग गरेको छ ।

धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका–१५ मा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरले आज थप रु चार करोड सहयोग गरेको हो ।यसअघि महानगरले फाउण्डेशनलाई रु चार करोड दिइसकेको छ ।

महानगरपालिकामा आयोजना गरिएको कार्यालयमा प्रमुख रेनु दाहालले फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेकी हुन ।

सो अवसरमा फाउण्डेशनका अध्यक्ष धुर्मुसले रंगशाला निर्माणको कामलाई अगाडि

बढाउन यो सहयोगले सहज बनाएको प्रतिक्रिया दिए ।

उनले स्थानीय सरकार र जनताको सहयोगमा रंगशाला निर्माण कार्यलाई टुंगोमा पुर्‍याउने बताए । रंगशाला निर्माण सहयोगार्थ यसअघि महायज्ञको आयोजना गरिएको थियो ।

चेक हस्तान्तरणको अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालसँगै उपप्रमुख पार्वती शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीलगायतको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय