बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • महेश आचार्यले काग्रेसको केन्द्रीय समायोजना समितिबाट राजीनामा दिए
भर्खरै

महेश आचार्यले काग्रेसको केन्द्रीय समायोजना समितिबाट राजीनामा दिए

  • सिधा दृष्टी मङ्लबार, माघ १३, २०७७ | January 26, 2021

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले  कांग्रेसको केन्द्रीय समायोजन समिति सदस्यबाट  राजीनामा दिएका छन् । आचार्यले मंगलबार सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले आचार्यले मंगलबार सभापति शेरबहादुर देउवालाई राजिनामा दिएको तर सो बारे कुनै निणर्य भने नभएको बताए ।कांग्रेसले ७७ जिल्लामध्ये हालसम्म ७४ जिल्लामा समायोजनका काम सकेको बताउँदै आइरहेको छ । सिन्धुपाल्चोक, बारा र सप्तरीमा भने समायोजनमा समस्या देखिदैं आएको छ ।

केन्द्रीय समिति बैठकमा बोल्दै उनले आफूलाई समायोजन समितिमा राखेको र

करिब–करिब तोकिएका काम पूरा भएको जानकारी गराएका थिए ।

कांग्रेसले विजयकुमार गच्छदारलगायत अन्य पार्टीबाट आएकाहरूलाई पार्टीमा समायोजन गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समिति बनाएको थियो।

 

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय