बिहिबार, भदौ २, २०७९ | Thursday 18th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपाल हिमालय सीमापार वाणिज्य संघको २१ औं साधरणसभा चैत २१ गते आयोजना हुँदै
भर्खरै

नेपाल हिमालय सीमापार वाणिज्य संघको २१ औं साधरणसभा चैत २१ गते आयोजना हुँदै

  • सिधा दृष्टी मङ्लबार, माघ १३, २०७७ | January 26, 2021

काठमाडौं । नेपाल हिमालय सीमापार वाणिज्य संघको २१औं साधारणसभाको तयारी सुरु भएको छ । संघको साधरणसभा चैत २१ गते काठमाडौंमा हुने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा गर्ने गरी साधारणसभा घोषणा भएको संस्थाका अध्यक्ष बच्चु पौडेलले जानकारी दिए ।

साधारणसभाले संघको नयाँ नेतृत्वसमेत चयन गर्नेछ । साधारणसभा नजिकिएसँगै सदस्यता नवीकरण लगायतका अन्य तयारी भइरहेको प्रथम उपाध्यक्ष रामहरि कार्कीले बताए ।  सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी भएपनि सहमति नभए मतदानबाट नयाँ कार्यसमिति चयन हुनेछ । प्रज्ञा भवनमा आयोजित

साधारणसभामा सर्वसम्मत नेतृत्व चयन नभए भोलिपल्ट मतदान हुनेछ । मतदान कार्यक्रम संस्थाको आफ्नै कार्यालय बुद्धनगरमा हुने बताइएको छ ।

साधारणसभामा सहभागी हुनका लागि माघ ३० गतेसम्म सदस्यता नवीकरण गर्नुपर्ने संस्थाले निर्णय गरिसकेको छ । संस्थामा १ हजार भन्दा बढी सदस्यहरु आबद्ध रहेको कोषाध्यक्ष केदार थापाले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय