धादिङको बेनिघाट रोराङ गाऊँपालिका वडा नं. ५ पृथ्वी राजमार्ग अन्तर्गत बाँदरेमोडमा दुध ट्याङ्कर र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत बाँदरेमोड (बेनिघाट)मा चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ०३–०१–००३ क ७३२५ नम्बरको दुध बोक्ने ट्याङ्करले विपरीत दिशाबाट चितवनतर्फ जाँदै गरेको बा ८४ प १५७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार काठमाडौं गोल्फुटार बस्ने पुजन खड्काको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका कार्यालय प्रमुख प्रहरी निरीक्षक सुदर्शनदेव जोशीले जानकारी दिनुभयो।
घटनापछि
ट्याङ्कर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।