बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भारत र चीनको विवादित सीमाक्षेत्रमा दुई देशका सेनाहरुबीच भीडन्त
भर्खरै

भारत र चीनको विवादित सीमाक्षेत्रमा दुई देशका सेनाहरुबीच भीडन्त

  • सिधा दृष्टी सोमवार, माघ १२, २०७७ | January 25, 2021

सिक्कीमको उत्तरी भेगस्थित भारत र चीनको विवादित सीमाक्षेत्रमा दुई देशका सेनाहरुबीच भीडन्त भएको बताइएको छ।

दुबै तर्फका केही सैनिक घाइते भएको पनि बुझिएको छ । भारतीय मिडियाले जनाए अनुसार उक्त तनाब तीन दिनअघि भएको थियो । तर चिनियाँ सेनाले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । भारतीय सेनाले भने चिनियाँ सैनिक पछाडि हटेको र स्थानीय सैन्य कमाण्डरहरुले विवाद सुल्झाएको बताएको छ ।

गत वर्ष जुनमा पनि लद्दाख क्षेत्रमा भएको भीडन्तमा कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। चीनले भने आफ्नोतर्फ कुनै

क्षति भएको विवरण सार्वजनिक गरेन ।

'लाइन अफ एक्चुअल कन्ट्रोल' क्षेत्रमा यी देशका सैनिकहरु धक्कामुक्की र शारीरिक भीडन्त गरे पनि गोली, बम, बारुद लगायत विस्फोटक पदार्थको प्रयोग गर्न नपाउने सम्झौता छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय