मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • प्रचण्डले शिलान्यास गरेको पुलको प्रधानमन्त्री ओलीले गरे उद्घाटन
भर्खरै

प्रचण्डले शिलान्यास गरेको पुलको प्रधानमन्त्री ओलीले गरे उद्घाटन

  • सिधा दृष्टी सोमवार, माघ १२, २०७७ | January 25, 2021

लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा रहेको राप्ती नदीमा बनेको देशकै दोस्रो लामो पुलको उद्घाटन भएको छ । जिल्लाका राप्ती र गढवा गाउँपालिका जोड्ने राप्ती नदीमा बनेको पुलको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार एक समारोहका बीच उद्घाटन गरेका हुन् ।

राप्ती नदीमा एक वर्ष पहिले निर्माण पूरा भएको उक्त पुलको सोमबार प्रधानमन्त्री ओलीले उदघाटतन गरेरसँगै पुलले औपचारिकता पाएको छ । पुलको शिलान्यास तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७३ मंसिर २२ गते शिलान्यास गरेका थिए ।

राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा

गाउँपालिकाको महदेवा जोड्ने उक्त पुल करिब एक अर्ब रुपैयाको लागतमा पुल विभाग सेक्टर नेपालगञ्जले निर्माण गरेको हो । पुलको लम्बाई ८६० मिटर छ भने चौडाइ साढे १० मिटर रहेको पुलको एएनके लुम्बिनी वाइपी जेभी कम्पनीले निमार्ण पुरा गरेको छ ।

निर्माण समय भन्दा चार महिना पहिले नै पुलको निर्माण पुरा गरेको कम्पनीले बताएको छ । सोही कम्पनीले यसअघि नेपालकै सबैभन्दा लामो एक हजार १५ मिटरको पुल निर्माण गरेको थियो । जुन बर्दियामा पर्ने गेरुवाको पुल हो ।

पुलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश अघि बढिसकेको र अब त्यो गतिलाई कसैले पनि रोक्न नसक्ने बताएका छन । उद्घाटन पछि संक्षिप्त मन्तव्य व्यक्त गरेका प्रधानमन्त्री ओलीले देशलाई प्रक्रिया र प्रणालीमा लैजान खोज्दा समस्या भएको भन्दै देशको गति नरोकिने बताए । उनले सुशासन र विकासको प्रत्याभूति दिलाउने गरी सरकारले विकास निर्माणका कामहरु गरिरहेको बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय