काठमाडौं । सरकारले लकडाउन गरेको समयमा भिसा थप्न गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ।
अध्यागमन विभागमा भिषा थपका लागि जानुपर्नेमा सिंहदरवार अगाडी भिडभाड गरेपछि प्रहरीले उनीहरुलाई हटाउन खोज्दा झडप भएको हो । सिंहदरबार गेट अगाडि नेपालमा रहेका चिनियाँ नागरिकले प्रर्दशन गर्न थालेपछि प्रहरीले हटाउन खोज्दा झडप भएको महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ ।
झडपमा महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरि बस्नेत समेत केही चिनियाँ नागरिक घाइते भएका छन्। उनीहरुले भिषा थप गरिदिनु कि आफूहरु मुलुक फर्कन पाउनुपर्ने
माग राखेका थिए ।