सोमवार, साउन ३०, २०७९ | Monday 15th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सेनानीले चलाएको कारले हान्दा मोटरसाइकल चालकको मृत्यु
भर्खरै

सेनानीले चलाएको कारले हान्दा मोटरसाइकल चालकको मृत्यु

  • सिधा दृष्टी शुक्रबार, बैशाख २६, २०७७ | May 8, 2020

काठमाडौं। शुक्रबार बिहान काठमाडौंको रविभवनमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कारले मोटरसाइकललाई ठक्कर दिएर भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृतक २३ वर्षका टिकाराज गेलाल भएको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।

कलंकीबाट कालीमाटीतर्फ आउँदै गरेको बा २१ च ४९४७ नम्बरको कार र कालीमाटीतर्फबाट कलंकीतर्फ जाँदै गरेको बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका हुन् । मोरङ घर भएका गेलालको नेपाल नेसनल अस्पताल कलंकीमा उपचारका क्रममा मृत्यु भएको पनि प्रहरीले जानकारी दिएको

छ ।३९ वर्षीय कारचालक शिखर जबरा र कारलाई नियन्त्रणमा लिइएको पनि प्रहरीले बताएको छ । स्युचाटार घर भएका जबरा नेपाली सेनाको प्रमुख सेनानी भएको र मुख्याललयमा कार्यरत भएको पनि प्रहरीले जानकारी दिएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय