कोसी अस्पतालमा उपचाररत थप ८ जनाले कोरोना भाइरस संक्रमणलाई जितेका छन् । यसअघि ६ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
बिहीबार थप ८ जनामा पछिल्लो ३ पटकको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको कोसी अस्पतालका मेसु डाक्टर संगीता मिश्रले बताइन् । डा. मिश्रका अनुसार उनीहरूलाई शुक्रबार डिस्चार्ज गर्ने तयारी गरिएको छ ।
कोसी अस्पतालमा उपचाररत ३१ जनामध्ये १५ जना निको भएका हुन् । १६ जनाको भने कोसी अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।
नेपालमा अहिलेसम्म ९९ जनामा कोरोना संक्रमण देखिएकोमा निको
हुनेको संख्या ३० पुगेका छन् । तर, ३ जनामा कोरोना भाइरस पुनः पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएको छ ।