हिमाली जिल्ला म्याग्दीमा एकैदिन दुई डेङ्गु रोगका बिरामी फेला परेका छन् । पछिल्लो सात दिनयता जिल्लामा पाँच डेङ्गुका बिरामी भेटिएका छन् । बेनी नगरपालिका–७ मङ्गलाघाट र मङ्गला गाउँपालिका–१ भरजुलाका एक–एक जनामा बुधबार डेङ्गु पोजेटिभ भेटिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । दुवै पुरुष बिरामीको बेनी अस्पतालमा भर्ना गरेर उपचार शुरु गरिएको छ । मङ्गलाघाटका २८ वर्षीय चार दिनअघि तनहुँबाट आएका थिए । भरजुलाका बिरामी गाउँमै खेतबारीको काम र जङ्गलमा निउरो टिप्न गएका थिए ।
यसअघि वैशाख १८
गते बेनी नगरपालिका–९ घतानका ३० वर्षीय पुरुष, १९ गते बेनी–६ छापकी ५८ वर्षीया महिला र २१ गते पर्वत घर घइ बेनी–५ भिरमुनि बस्ने ३६ वर्षीया महिलामा डेङ्गु पोजेटिभ भेटिएको थियो । वैशाख ९ गते मङ्गला–५ अर्मनका १७ वर्षका पुरुषलाई एकैपटक स्क्रब टाइफस र डेङ्गु भेटिएको थियो । माघ २ गते अन्नपूर्ण–६ घारकी ६५ वर्षीया महिलामा डेङ्गु भेटिएको थियो । यसअघि भेटिएका डेङ्गुका एक बिरामीको स्वास्थ्यमा अन्य समस्या देखिएकाले पोखरा सिफारिस गरिएको छ । अन्य निको भएर घर फर्किएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।
म्याग्दीमा डेङ्गुको महामारी फैलन सक्ने जोखिम देखिएकाले सतर्कता अपनाउनुपर्ने बेनी अस्पतालका चिकित्सक नवराज बस्ताकोटीले बताउनुभयो । गत वर्ष १३ डेङ्गु सङ्क्रमितको बेनी अस्पतालमा उपचार भएको थियो । मेडिकलमा परीक्षण गराएका केही बिरामी पोखरा गएर उपचार गरेका थिए । बेनी बजारको गणेशटोल, मङ्गलाघाट, बसपार्क, पारीबेनी र भिरमुनिलाई डेङ्गुको जोखिमयुक्त क्षेत्र मानिएको थियो । एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु सरुवा रोग हो । बर्खा र गर्मी मौसममा देखिने यो रोगबाट गत वर्ष नेपालमा डेङ्गु सङ्क्रमितको ज्यानसमेत गएको थियो ।
पाँचदेखि सात दिनसम्म उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी र टाउकोको पछिल्लो भाग दुख्ने शरीरमा बिमिरा आउने, हाडजोर्नी तथा मांसपेसी दुख्ने डेङ्गुको मुख्य लक्षण हुन् । टिन, रङका खाली डब्बा, टायर ट्युब, खाली ड्रमहरुमा पानी जम्न नदिने, घर, कौसीको गमला, फुलदानी, एयर कण्डिसन, कुलर, पानीको ट्याङ्कीमा डेङ्गु सार्ने लामखुट्टेले फुल पार्छ । डेङ्गु फैलिन नदिन लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान चलाइएको छ । (रासस)
एजेन्सी। न्यूजील्याण्डमा शक्तिशाली भूकम्प गएको छ ।
न्यूजील्याण्डको उत्तरी टापुमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको जनाइएको छ। स्थानीय समयअनुसार बिहान २ बजेर २७ मिनेटमा भूकम्प गएको हो।
भूकम्पको केन्द्रविन्दु अकल्यान्डबाट ४१२ किलोमिटर पूर्व रहेको बताइएको छ। भूकम्पपछि
कञ्चनपुरको बेलौरीमा भारतीय तस्कर समुह र प्रहरीविच गोली हानाहान भएको छ । लागु औषध बोकेर नेपाल आईरहेका भारतीय तस्कर र प्रहरीविच बेलौरी नगरपालिका-७ टेडुवा सीमा क्षेत्रमा गोली हानाहान भएको हो ।
बिहीबार साँझतिर इलाका प्रहरी कार्यालय
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल निर्माण गर्ने सम्भाव्यताको अध्ययन गर्ने भएको छ । त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ ।
प्राधिकरणका अनुसार मोबाइल उत्पादनको सम्भावना र रिफर्बिस गर्न सकिन्छ
विनयी त्रिवेणी गाउँपालिकाबाट छोरीलाई करणी गरेको आरोपमा बुबा पक्राउ परेका छन् । वडा नं ४ सर्दीका ३८ वर्षीय बुबा पक्राउ परेका हुन् ।
तेह्र वर्षीया छोरीलाई करणी गरेको आरोपमा बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी
काठमाडौँ। विमान सेवा प्रदायकहरूले हवाई भाडा बढाएका छन् । हवाई इन्धनको मूल्य वृद्धिभएपछि हवाई भाडामा पनि बृद्धि भएको नेपाल वायु सेवा सञ्चालक संघले जनाएको छ ।
नेपाल आयल निगमले हवाई इन्धनको भाडा प्रतिलिटर पाँच रुपैयाँ बढाएकाले सोही
काठमाडौं । प्रहरीले काठमाडौंको चन्द्रागिरिबाट लागूऔषधसहित आज एक जनालाई पक्राउ गरेको छ ।
चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ७०० एम्पुल नोर्फिन, ९०० एम्पुल डाईजेपाम र ७०० एम्पुल फेनारगनसहित पर्सा छिपरमाइ गाउँपालिका–५ बस्ने ३५ वर्षीय उपेन्द्र कुमारलाई प्रहरीले
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका २७ मोटरसाइकल फेला पारी आज सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
महाशाखाबाट खटिएको विशेष टोलीले खोजतलास गरी दुई हप्ताको अन्तरालमा उक्त मोटरसाइकल फेला पारी धनीलाई जिम्मा लगाएको हो । सुराकी
बलिउड अभिनेत्री परिणीति चोपडाको आगामी फिल्म ‘साइना’को अफिसियल टिजर रिलिज गरिएको छ । विहीबार मात्रै रिलिज गरिएको ‘साइना’को टिजरमा अभिनेत्री परिणीति चोपडालाई पूरै साइना नेहवालको लुकमा प्रस्तुत गरिएको छ ।
यो ब्याटमिन्टन च्याम्पियन साइना नेहवालको बायोपिक
राजनीतिक अवस्था अत्यन्त तरल र अन्योलपूर्ण रहेको परिवेशमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारका बहुमत सांसद रहेको र बाँकी २ वर्ष कार्यकार वर्तमान सरकारले नै शासन गर्ने बताएका छन् ।
गृह जिल्ला रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी
ब्राजिलका विश्व चर्चित फुटबल खेलाडी पेलेले कोविड–१९ को खोप लगाएका छन् । खोप लगाएपछि ८० वर्षीय महान् फुटवल खेलाडी पेले यो दिन आफुले कहिल्यै नबिर्सिने बताए ।
पेलेले सोशल मिडियामा दायाँ हातमा खोप लगाउँदै गरेको तस्बिर