एजेन्सी । कोरोनाको त्रास बिच भारतमा ग्यास लिक हुँदा ८ जनाको मृत्यु भएको छ । आन्ध्र प्रदेशको विशाखापट्नममा एक पोलिमर कारखानाबाट हिजो दिउँसो ३ बजेतिर ग्यास लिक हुदा आठ जनाको ज्यान गएको हो । भने सैयौंलाई अस्पताल लगिएको छ ।
भारतिय संचार माध्यमका अनुसार हिजो दिउँसो ३ बजेतिर ग्यास लिक भएको र ग्यासका कारण मानिसहरुले स्वासप्रस्वासमा गार्हो भएको बताइएको छ । ग्यास लिक भएको ठाँउमा मानिसहरुको उद्धार गर्न थालिएको जनाइएको छ । ग्यास लिकलाई नियन्त्रण गर्ने प्रयासहरु असफल भएको र
अवस्थालाई नियन्त्रणमा लिन अझै केही घण्टा लाग्ने पनि बताइएको छ ।