मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • काठमाडौंका एक पुरुषमा पनि देखियो पुनः संक्रमण
भर्खरै

काठमाडौंका एक पुरुषमा पनि देखियो पुनः संक्रमण

  • सिधा दृष्टी मङ्लबार, बैशाख २३, २०७७ | May 5, 2020

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) मुक्त भएर घर फर्किएका काठमाडौंका एक पुरुषमा पनि पुनः संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

५ चैतमा बेलायतबाट आएर सनसिटीमा बस्दै आएका उनीसँगै उनकी ८१ वर्षीया आमामा कोरोना संक्रमण भएको १ वैशाखमा पुष्टि भएको थियो । पाटन अस्पतालमा उपचार गरेर आमाछोरा ११ वैशाखमा घर फर्किएका थिए ।

तर एक सातापछि पुनः

परीक्षणका लागि अस्पताल आएका ५२ वर्षका पुरुषको रिपोर्ट पोजेटिभ आएको स्रोतले बताएको छ । उनकेा पाटन अस्पतालमै उपचार भइरहेको छ ।

यससँगै निको भएर पुनः संक्रमित हुनेको संख्या तीन पुगेको छ । मंगलबार नै रौतहट र वीरगञ्जमा रहेका एक भारतीय नागरिकमा पनि पुनः संक्रमण भएको पुष्टि भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय