धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं. २ मा रहेको अग्लो तुँदी झरनामा चहलपहल बढ्न थालेको छ। धेरै समयसम्म यस क्षेत्रमा चहलपहल थिएन्। तर, विगत लामो समय देखि जारी लकडाउनका कारण स्थानीय पर्यटक को गन्तव्य बनेको छ तुँदी झरना।
पृथ्वी राजमार्गबाट नजिकै रहेको यो झरनामा, मलेखु माछाबजारबाट मलेखु-भण्डारा चेपाङ मार्ग हुँदै सवारि-साधनमा डुँडेठाँटी हुँदै पुग्न सकिन्छ ।
पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको यो झरना दृश्यावलोकन, फोटो खिच्ने र झरनामै नुहाउनेसमेत
आउने गरेका छन् स्थानीय पर्यटक। दैनिक २ सय जनाको हाराहरीमा
स्थानिय पर्यटक मनोरञ्जन लिन आउने गरेको छ्न ।
तर प्रचार प्रसारको अभावले वषौं देखि झरिरहेको झरनामा अहिले सम्म बाह्य पर्यटक भने पुग्न नसकेको त्यहाँका स्थानीय बताउछ्न ।
सामाजिक संजाल र विभिन्न संचारमाध्यममा आएको समाचारको आधारमा पहिलोपटक तुँदी झरना घुम्न आएक एक जना युवाले स्वर्ग झैँ लागेको सुनाए। यहा घुम्न आउनेमघ्ये अधिकांश युवाहरु पर्दछन्।
युवाहरुले भने झरना निकै आकर्षक छ, यसको प्रचारप्रसार गरी पूर्वाधार निर्माण गर्नेतर्फ स्थानीय र प्रदेश सरकारले ध्यान दिनुपर्छ ।