बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पृथ्वी राजमार्गमा यसरी हुँदैछ चेकिङ (तस्वीर सहित)
भर्खरै

पृथ्वी राजमार्गमा यसरी हुँदैछ चेकिङ (तस्वीर सहित)

  • सिधा दृष्टी मङ्लबार, बैशाख २३, २०७७ | May 5, 2020

धादिङ । कोरोना संक्रमणबाट बच्न नेपालमा लकडाउन भएको आज ४३औँ दिन पुगेको छ । सरकारले लागू गरेको लकडाउनको अवधि  वैशाख २५ मा सकिँदै छ ।

उदयपुर, वीरगन्ज, नेपालगन्जलगायतका स्थानहरूमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्न थालेपछि प्रहरीले पृथ्वी राजमार्ग हुँदै  उपत्यका भित्रिने सवारीसाधनमा कडाइ गरेको छ ।।

तर लकडाउनको ४३औँ दिनमा भने सर्वसाधारण यसको अवज्ञा गर्दै स्वत:स्फुर्त रूपमा सडकमा निस्किएका छन् । पृथ्वी राजमार्गअन्तर्गत धादिङ जिल्लाको जोगिमारा ,मलेखु, गजुरी, गल्छी, नौबिसे लगायतका केही क्षेत्रमा सवारी साधन र मानिसको चहलपहल बढेको छ

सडकमा ड्युटीमा खटिएका प्रहरीका अनुसार बैंक तथा वित्तीय संस्थाको परिचयपत्र लिएर सवारी कुदाउनेको संख्या ह्वात्तै बढेको छ ।

सवारी चलाउन पासको व्यवस्था गरिएपछि सडकमा गुडेका साना तथा ठूला सबै खाले सवारीले पास  लिएर हिँडेको भेटिएको प्रहरीको भनाइ छ र पास नभएको सवारी साधनहरुलाई आकै दिशा तर्फ फर्काउने गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले पास वितरण बन्द गरेको जनाए पनि पछिल्ला दिनयता प्रशासनको पास लिएर हिँड्नेको संख्या ह्वात्तै बढेको हो ।

तस्वीर पृथ्वी राजमार्ग अन्तर्गत धादिङ क्षेत्रका हुन्, जहाँ सवारी साधन र मानिसको चाप कति बढेको छ भनेर प्रस्ट देख्न सकिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय