मङ्लबार, चैत्र ७, २०७९ | Tuesday 21st March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • रोल्पामा बम विस्फोट, ४ बालबालिकाको मृत्यु
भर्खरै

रोल्पामा बम विस्फोट, ४ बालबालिकाको मृत्यु

  • सिधा दृष्टी बिहिबार, बैशाख १८, २०७७ | April 30, 2020

रोल्पाको त्रिवेणी गाउँपालिकामा बम विस्फोट हुँदा ४ जना बालबालिकाहरुको ज्यान गएको छ ।

बिहीबार साँझ ६ बजे त्रिवेणी गाउँपालिका–४ गैरी गाउँको मैतीगातिनामा बम विस्फोट हुँदा ४ जना बालबालिकाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो ।

मृत्यु हुनेमध्ये दुई बालबालिका एकै परिवारका रहेको प्रजिअ ढकालले बताउनुभएको छ ।

मृत्यु हुनेहरुमा ५ वर्षीय विजय खत्री, ११ वर्षीया विमला खत्री, ११ वर्षीय गौरव नेपाली र १३ वर्षीय नेखीराम छन् । अहिले घटनास्थलमा प्रहरी पुगेको छ । सेनाको डिस्पोजल टोली त्यहाँ

पुगेपछि मात्रै शव उठाइने प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय