सरकारले पाँचौ पटक लकडाउन अर्थात् बन्दाबन्दीको समयावधि थपेर बैशाख २५ गतेसम्म पुर्याएको छ । एक महिना भन्दा धेरै समय न गुडेको टिपर हरु पृथ्वी राजमार्गमा गुड्न थालेको छन बन्दाबन्दी उलङ्घन गर्ने क्रम बढेको, गुनासो आउन थालेको छ ।
नागरिकको सुरक्षाका लागि सरकारले बन्दाबन्दीको समयाबधी लम्ब्याईरहेको छ । तर बुधबार टिपर र मोटरसाईकल अटेर गर्दै पृथ्वी राजमार्गमा गुड्न थालेका छन् । सवारी पास दूरुपयोग हुन थालेपछि कोरोनाको जोखिम बढ्ने धादिङका स्थानीयले बताउँछन् ।
तस्तै धादिङमा लकडाउन उलङ्घन गरि संचालन गरेका सवारी
साधनलाई कारबाही गर्न सुरु गरिएको छ ।लकडाउनको समयमा सवारीपासबिना जथाभावी आवातजावत गर्ने, सवारी लाइसेन्स नभएका, ब्लुबुक नभएका सवारीलाई नियन्त्रणमा लिइ कारबाही गर्न सुरु गरिएको हो ।कारबाहीमा पर्ने सवारीमा सबैभन्दा धेरै मोटरसाइकल रहेको छ ।