बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
भर्खरै

लकडाउनमा थप कडाई

  • सिधा दृष्टी मङ्लबार, बैशाख १६, २०७७ | April 28, 2020

कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि मंगलबार (१६ वैशाख)देखि लकडाउनमा थप कडाइ गरिएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा सोमबार बसेको बैठकले धादिङमा पनि जारी लकडाउनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

बैठकले मंगलबारदेखि खाद्यान्न, तरकारी, माछामासु, दुध लगायतका पसलहरु खुल्ने समय परिवर्तन गर्दै लकडाउन अवधिभर वैशाख २५ गतेसम्मका लागि बिहान ७ बजे देखि १० बजे सम्म मात्र खुलाउने निर्णय गरिएको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्रीले बताउनुभयो ।

यस्तै धादिङ प्रवेश गर्ने मुख्य नाका

तथा सदरमुकाम धादिङबेसी प्रवेश गर्ने मुख्य नाकामा आवागमनमा थप कडाई गरिने, विकास निमार्णसँग सम्बन्धित आयोजनाहरु, दैनिक अत्यावश्यक उपभोगका खाद्यबस्तु उत्पादन गर्ने उद्योगहरु, पशुपंक्षी तथा दाना उत्पादन उद्योगहरु, इट्टाभट्टाहरुमा काम गर्ने व्यक्तिहरुलाई भौतिक दूरी कायम गरी कार्य सञ्चालन गर्न सकिने बैठकले निर्णय गरेको छ । ‘लकडाउन’लाई थप कडाइ गर्न गृहमन्त्रालयले मातहतका निकायलाई निर्देशन समेत दिएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई सोमबार परिपत्र गर्दै पास नभएका कुनै पनि गाडी आवतजावतमा रोक लगाउन निर्देशन दिएको हो ।

यसैबीच गृह मन्त्रालयले अत्यावश्यक सेवा बाहेकका सवारी साधनलाई पास वितरण नगर्न जिल्ला प्रशासन कार्यालयहरुलाई पुनः निर्देशन दिएको छ । पासको दुरुपयोग गरेर मानिसको भीडभाड बढेको भन्दै गृहले त्यसलाई कडाइ गर्न निर्देशन दिएको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय